ब्रेकिङ स्टोरी

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

By खबरहब

March 23, 2023

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ ।

यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बाँडफाँटका विषयमा दलहरुबीच सहमति जुट्न नसकेकाले पुनः बिहीबार बैठक बसेको हो ।