आर्थिक

बिहीबार पनि नेप्से ओरालो

By खबरहब

March 23, 2023

काठमाडौँ- सातामा कारोबार हुने अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले घटेर ३६१.०१ विन्दुमा पुगेको छ । बुधबार पनि सेयर बजार घटेको थियो ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।