फाइल तस्वीर

अन्तर्राष्ट्रिय

श्रीलङ्कामा स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगित

By खबरहब

March 23, 2023

एजेन्सी – श्रीलङ्काको निर्वाचन आयोगले स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको छ । आयोगका सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त समन श्री रत्नायकेले निर्वाचन कहिले गर्ने भन्ने विषयमा आयोगबीच सहमति हुन नसकेको बताए ।

आयोगले चाँडै नै राजनीतिक दलका प्रतिनिधिसँग कुरा गर्ने र त्यसपछि उनीहरूका वकिलसँग भावी कार्ययोजनाका बारेमा परामर्श गर्ने उनले बताए ।

स्थानीय परिषद्को निर्वाचन सुरुमा मार्च ९ का लागि तय गरिएको थियो तर ट्रेजरीले रकम उपलब्ध नगराएपछि अप्रिल २५ का लागि सारिएको थियो । श्रीलङ्कामा स्थानीय निकायको निर्वाचन चार वर्षमा एकपटक हुने संवैधानिक व्यवस्था छ ।