राजनीति

बारा २ उपनिर्वाचन : रमेश र उपेन्द्रले मतदान गर्न नपाउने

By खबरहब

April 23, 2023

बारा –  बारा–२ को उपनिर्वाचनका लागि जारी मतदानमा मुख्य चार प्रतिस्पर्धी मध्ये दुई जना उम्मेदवारले मतदान गर्न नपाउने भएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन् ।

जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको र खरेलले काठमाडौँमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन् ।

तर, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन् ।