ब्रेकिङ स्टोरी

दुईवटा मतपत्र खसाउन खोज्ने जसपाका नेता पक्राउ

By खबरहब

April 23, 2023

काठमाडौँ – दुईवटा मतपत्र लिएर मतदान केन्द्रमा पुगेपछि बारा–२ मा जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्।

बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट जसपा नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादव पक्राउ परेका हुन् ।

यादवले स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। जनमत पार्टीले जसपाले बुथ कब्जा गरी बाहिरबाटै मतपत्र ल्याएर मत खसाएको आरोप लगाएको छ।