ब्रेकिङ स्टोरी

मतदातालाई रकम बाँडिएको सूचना पाएँ : एमाले उम्मेदवार पौडेल

By खबरहब

April 23, 2023

बारा – बारा क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् ।

उनले आफूले  विभिन्न स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना पाएको बताएका छन् । तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ ।

‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने।

केहीबेरअघि बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका थिए ।

बाराको क्षेत्र नम्बर २ मा बिहान ७ बजे सुरु भएको मतदान चलिरहेको छ।