ब्रेकिङ स्टोरी

बाराको मतदानमा प्रहरी प्रशासनबाटै धाँधली भयो : एमाले उम्मेदवार पौडेल

By खबरहब

April 23, 2023

बारा– बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका बुथहरूमा प्रहरीका सई र असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको बताएका छन् ।

उम्मेदवार पुरुषोत्तम पौडेलले भने, ‘ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, इनरवा , सनफुलवा, सिन्चाइ  बुथ लगायत बुथहरूमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङगो रुपमा देखिइरहेका छन् ।’ 

उम्मेदवार पुरुषोत्तम पौडेलले भने बारा २ मा भइरहेको उपनिर्वाचनले गठबन्धन सरकारको मखौल उडाएको छ । स्वच्छ निर्वाचन गराउने माग गदै उनले भने, ‘म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु ।’