फाइल फोटो

राजनीति

पार्टीलाई बलियो बनाउन क्रियाशील हुन एमाले नेता बस्नेतको निर्देशन

By खबरहब

April 23, 2023

काठमाडौँ– नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशील हुन युवासंघको नयाँ कार्यसमितिलाई निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार ग्रहण कार्यक्रममा बस्नेतले एमालेको लक्ष्य र उद्देश्यलाई आत्मसाथ गर्दै पार्टीलाई बलियो र एक्लै बहुमत आउने क्रियाशील हुन निर्देशन दिएका हुन् ।

उनले सुखी नेपाली समृद्ध नेपालको आकांक्षालाई पुरा गर्नका लागि युवा संघले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले प्रचण्डले एमालेलाई धोका दिएर कांग्रेसको पछि लागेको भन्दै प्रचण्ड प्रवृत्तिविरुद्ध लाग्नुपर्ने बताए ।

त्यस्तै पदभार ग्रहण गर्दै राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष थेबेले आवाजविहीन भएर बसेका युवाहरूको आवाज भएर संगठनलाई अघि बढाउने प्रतिवद्धता जनाए । उनले राष्ट्र निर्माणका साथै सामाजिक न्याय र सुशासनको पक्षमा युवा संघले काम गर्ने धारणा राखे ।

कार्यक्रममा युवासंघका निवर्तमान अध्यक्ष किरण पौडेलले नवनिर्वाचित अध्यक्ष थेबेलाई कार्यभार हस्तान्तरण गरेका थिए ।