फाइल तस्वीर

ब्रेकिङ स्टोरी

त्रिभुवन विमानस्थलमा उडान-अवतरण बन्द

By खबरहब

April 23, 2023

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान-अवतरण बन्द भएको छ । सञ्चार उपकरणमा आएको समस्याका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ ।

जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरूको उडान-अवतरण बन्द भएको बताइएको छ ।

टावरबाट नजिकै रहेका जहाजसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडान प्रभावित बनेका हुन् ।