ब्रेकिङ स्टोरी

बारा २, चितवन २ र तनहुँ १ मा मतदान सम्पन्न

By खबरहब

April 23, 2023

काठमाडौँ- बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनको मतदान सम्पन्न भएको छ ।

केही स्थानमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो । यी तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

मतदानका लागि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।