ब्रेकिङ स्टोरी

चितवन २ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

By खबरहब

April 23, 2023

चितवन– चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएकाे छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत मत खसेको हाे ।

 आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।  यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए ।