फाइल तस्बिर।

राजनीति

उपनिर्वाचन सम्पन्न भएकोमा कांग्रेस सभापति देउवाद्वारा धन्यवाद ज्ञापन

By खबरहब

April 23, 2023

काठमाडौँ- चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधिसभाको उपनिर्वाचन सम्पन्न भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन् ।

आइतबार साँझ विज्ञप्ति जारी गर्दै सभापति देउवाले उपनिर्वाचन शान्तिपूर्ण, भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न गरेकोमा सबैलाई धन्यवाद दिएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडलेद्वारा जारी विज्ञप्तिमा सभापति देउवाले मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकको लोकतन्त्रप्रतिको आस्था अभिव्यक्त भएको बताएका हुन् ।

उनले उपनिर्वाचनको परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र सँस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्ने पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विश्वास व्यक्त गरेका छन् ।