फाइल फोटो

राजनीति

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

By खबरहब

April 23, 2023

काठमाडौँ – भारतको नयाँदिल्लीमा उपचारारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उनको स्वास्थ्य उपचार बुधबारदेखि पाँचौँ दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।