फाइल तस्वीर

अन्तर्राष्ट्रिय

विश्व बौद्ध सम्मेलनमा दलाई लामा पनि सहभागी

By खबरहब

April 23, 2023

काठमाडौँ– तिब्बती धर्मगुरु दलाई लामा भारतमा आयोजित विश्व बौद्ध शिखर सम्मेलनमा सहभागी भएका छन् । विश्व बौद्ध सम्मेलनमा धर्मगुरु लामाले करिब आधा घण्टा सम्बोधन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सम्बोधनका क्रममा दलाई लामाले बौद्ध दर्शन र बौद्ध धर्मको मूल्य मान्यताबारे प्रकाश पारेका थिए । दिल्लीमा आयोजित सम्मेलनमा भाग लिएर उनी आफ्नो निवास फर्केको जनाइएको छ ।

दिल्ली भ्रमण सकेर उनी हिमाचल प्रदेशको धर्मशाला नजिकै रहेको म्याकलोडगञ्जस्थित आफ्नो निवास फर्किएका हुन् । सम्मेलनमा सहभागी भएर फर्केका उनलाई कांगडा विमानस्थलमा तिब्बती समुदायका प्रतिनिधिले स्वागत गरेका थिए ।

सम्मेलनमा शान्ति, दिगो विकास, स्वास्थ्य, बौद्ध परम्पराको विस्तालगायतका विषयमा छलफल भएको थियो ।