फाइल तस्वीर

ब्रेकिङ स्टोरी

चितवन २ मा आज मतगणना नहुने, सर्वदलीय बैठक स्थगित

By खबरहब

April 23, 2023

काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्नेबारे छलफल गर्न बसेको सर्वदलीय बैठक स्थगित भएको छ ।भोलि बिहान पुन बस्नेगरी बैठक स्थगित भएको हो।

बैठक स्थगित भएसँगै आज चितवन २ को मतगणना नहुने भएको छ। बैठकमा कांग्रेसले नै निर्वाचन आयोगमा आफूले दिएको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने अडान लिएको छ।

आइबार दिउँसो कांग्रेस सभापति राजेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।