ब्रेकिङ स्टोरी

तनहुँ- १ मा सर्वदलीय बैठक जारी

By खबरहब

April 23, 2023

काठमाडौँ – प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी छ । सर्वदलीय बैठक पछि मतगणना सुरु गर्ने बताइएको छ ।

तनहुँका १५२ वटै मतदान केन्द्रबाट मतपेटिका आएपछि बैठक बसेको हो। केही मतदान केन्द्रको मतपत्र ढिलो गरी आइपुगेको थियो।

आइतबार भएको उपनिर्वाचनमा यहाँ करिब ५२ प्रतिशत मत खसेको छ । बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ