फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी

By खबरहब

May 23, 2023

काठमाडौं – सरकारको नीति तथा कार्यक्रमामाथि आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि गत जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रममाथि नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले सम्बोधन गरिसकेका छन् ।

सोमबारको बैठकमा झन्डै चार दर्जन सांसदले आफ्नो धारणा राखिसकेका छन् ।