अन्तर्राष्ट्रिय

सुडान युद्ध र आप्रवासीको कथा

By मनोज घिमिरे

May 23, 2023

दु:ख, कष्ट र वेदनाको अर्को नाम बनेको छ अफ्रिकी महादेश। भूगोलमा त्यसै ‘अँध्यारो महादेश’ भनेर नामकरण गरिएको होइन होला। न्यून आय, रोग र भोकमरी धेरै अफ्रिकी महादेशका विशेषता बनेका छन्। पछिल्लो दशक गृह युद्धको चपेटामा परेपछि त धेरै अफ्रिकी देशको हालत वर्णन गर्न लायक नै छैन। त्यस्तै कहाली लाग्दो र अत्यासलाग्दो अवस्था छ, सुडानको। पालीयोच एयरपोर्ट, एक महिनादेखि युद्धका कारण ज्यान जोगाउन कठिन भएकाको शरण केन्द्र बनेको छ। त्यहाँ कयौं मानिस शरणार्थीको रूपमा जीवन बिताइ रहेका छन्। इरिट्रियाबाट त्यहाँ आउनेको दुःख त अझ अर्कै छ। आफ्नो देशको खराब अवस्थाका कारण सुडान छिरेका उनीहरू त्यहाँ युद्ध चर्किएपछि अलपत्र परेका छन्। त्यहाँ बनाइएको अस्थायी शरणार्थी शिविरमा शौचालय छैन। पिउने पानी छैन। भान्छा घर छैन। साथै बिछ्यौना पनि धेरैका छैनन्। लगेजमै सुतेर उनीहरू रात कटाइरहेका हुन्छन्।

पालीयोच एयरपोर्ट, एक महिनादेखि युद्धका कारण ज्यान जोगाउन कठिन भएकाको शरण केन्द्र बनेको छ। त्यहाँ कयौं मानिस शरणार्थीको रूपमा जीवन बिताइ रहेका छन्। इरिट्रियाबाट त्यहाँ आउनेको दुःख त अझ अर्कै छ।

त्यसै शरणार्थी शिविर उनीहरूका अस्थायी हो। त्यहाँबाट उनीहरू शरणार्थीको रूपमै जीवन बिताउन अन्यत्र कहीँ जाने छन्। त्यहाँबाट कहिले बाहिर निस्कने हो उनीहरूलाई खासै जानकारी छैन। एयरपोर्टको शिविरमा त्यहाँ रहेका धेरै जना इरिट्रियाका हुन्। आफू बसेको स्थानमा लडाइँ र झगडाका कारण असुरक्षित भएकाले नै उनीहरू दोस्रो पटक बसाई सराइको क्रममा छन्। इरिट्रियाबाट सुडान आए। सुडान पनि असुरक्षित भयो। संयुक्त राष्ट्र सङ्घका अनुसार युद्ध भन्दा सुडानका शरणार्थीको रूपमा रहन चाहनेको सङ्ख्या १ लाख ३६ हजार थियो। त्यहाँको वास्तविक अवस्था र उनीहरूकै पहिचान थाहा भएमा इरिट्रिया सरकारबाट उनीहरूमा एउटा जोखिम पनि उत्पन्न हुन्छ।

इरिट्रिया एकदमै कठोर शासन भएको देश हो। यसले मानिसका हरेक आवश्यकतालाई सीमित गरीदिन्छ। धेरैलाई राज्यको कडाइका कारण त्यहाँको अनिवार्य सेवा गर्न मन लाग्दैन। उनीहरू त्यसबाट छुटकारा पाउन देश नै छाड्न चाहन्छन्। टेस्फीट गिर्मे पाँच दिन अगाडि त्यस विमानस्थलमा पुगेका थिए। ‘यहाँको अवस्था देख्दा तपाई जनावरको जीवन त यस्तो कल्पना गर्न सक्नु हुन्न। मानिसको त कुरै छाडौँ ,’ टेन्टतर्फ फर्कँदै उनले भने।

उनलाई अन्य भन्दा आफू भाग्यमानी लाग्छ। ‘म यहाँ बाहिर सुतेर दैनिक एक छाक खाएर पनि बाँच्न सक्छु। तर यहाँ ४ या ५ बच्चाहरू हुने पनि छन्।’ इरिट्रियाको ध्वस्त भएको अर्थतन्त्रका कारण आजित भएका उनी गत वर्ष नै सुडान गएका थिए। त्यहाँ पनि जीवन चल्न नसक्ने भएपछि उनी अर्को देश जाँदै छन्।

इरिट्रियाको खराब अवस्थाका कारण सुडान छिरेका उनीहरू त्यहाँ युद्ध चर्किएपछि अलपत्र परेका छन्। त्यहाँ बनाइएको अस्थायी शरणार्थी शिविरमा शौचालय छैन। पिउने पानी छैन। भान्छा घर छैन। साथै बिछ्यौना पनि धेरैका छैनन्। लगेजमै सुतेर उनीहरू रात कटाइरहेका हुन्छन्।

त्यहाँ सात सय जना अहिले आइपुगेका छन्। सुडानमा युद्ध चर्किएपछि केन्या , युगान्डा र सोमालीया जस्ता धेरै देशले त्यहाँ रहेका आफ्ना नागरिकलाई लैजान पहल गरेका छन्। तर, त्यस विमानस्थलमा भेटिएका धेरै इरिट्रियनहरु त्यहाँबाट घर फर्कन चाहँदैनन्। उनीहरूलाई त्यहाँ पुगेपछि जीवन झनै असुरक्षित र कठिन हुने छ भन्नेमा पक्का छ।

त्यहाँ सबै रहने कुरा पनि भएन। विमान पनि चलाउन पर्ने भयो। सुडान र इरिट्रियाको त्यहीँ सीमाको बीचमा रहेका उनीहरूलाई झनै अप्ठेरो आइ लागेको छ। इरिट्रियाबाट कुनै विमान सुडानको राजधानी जुम्बा जाँदैन। उनीहरूका लागि बनाइएको अर्को शिविरमा जान पनि मान्दैनन्। तीन या चार घण्टाको मोटर बाटोमा यात्रापछि उनीहरू कतै सुडान र इरिट्रियाको सिमानामा पुग्छन्।

रेन्क नजिकै नाइल विश्व विद्यालय छ। त्यहाँको स्थान शरणार्थीको रूपमा रहेको थियो कुनै समय। अहिले खुला गरिएको छ। ६ सय जना बसोबास गरिरहेका छन्। शरणार्थीलाई थप स्थान तय गर्नका लागि सडक नजिकैका झाडी पनि काटिएका छन्। इरिट्रियाबाट आएका अर्का एक शरणार्थी त्यहाँ पनि भेटिन्छन्। ‘म त्यहाँ यस कारण बस्न सकिन कि मैले मेरो भगवानलाई पनि मैले चाहे जस्तो पूजा गर्न सकिन,’ ती महिलाले भनिन् । उनी क्रिस्चीयन धर्मावलम्बी हुन्। तर, इरिट्रिया यस्तो देश हो , जहाँ धार्मिक विश्वासको आधारमा कुनै पनि गतिविधि गर्न पाइँदैन। त्यसबापत जेल नै पठाइने सम्भावना पनि हुन सक्छ।

सुडानमा युद्ध चर्किएपछि केन्या , युगान्डा र सोमालीया जस्ता धेरै देशले त्यहाँ रहेका आफ्ना नागरिकलाई लैजान पहल गरेका छन्। तर, त्यस विमानस्थलमा भेटिएका धेरै इरिट्रियनहरु त्यहाँबाट घर फर्कन चाहँदैनन्। उनीहरूलाई त्यहाँ पुगेपछि जीवन झनै असुरक्षित र कठिन हुने छ भन्नेमा पक्का छ।

खार्तुम छाडेपछि उनी दक्षिण सुडान जाने चाहनामा छिन्। तर, त्यहाँ पुग्न पनि उनका लागि धेरै कठिन छ। उनीहरू त्यहाँबाट जुबा जान सक्दैनन्। इरिट्रियाका नागरिकलाई मात्र त्यो बाटो बन्द गरिएको उनको दाबी छ। दक्षिणी सुडानका काम चलाऊ विदेशमन्त्री डेङ डाउ डेङ भने सबै आप्रवासीका लागि सो स्थान बन्द गरेको बताउँछन्। सबै नागरिकलाई घर फर्काउने सरकारी नीति भएकै कारण राजदूतावास बन्द गरिएका छन्।

धेरै इरीट्रियालीको जीवन अत्यन्त कठिन र नाजुक छ। उनीहरू घर फर्कन पनि चाहँदैनन्। उनीहरू आफ्नै दूतावाससँग सम्पर्कमा जान पनि चाहँदैनन्। धेरै जुबा पुगेका इरिट्रियनहरु त्यहाँ शरणार्थी शिविर नभएका कारण फेरी कहाँ जाने भन्ने समस्यामा छन्।

लामो समय इरिट्रियाको शासन गरेका राष्ट्रपति एसायस वे फेर्की भने छिमेकी देशमा लडाइँ भएपछि जो कोहीलाई आफ्नो देशमा स्वागत गर्न चाहेको बताउँछन्। ‘इरिट्रियाले सीमा खुला गरेको छ। सुडानमा भएको लडाइँका कारण समस्यामा पर्ने जो कोहीलाई पनि हामी स्वागत गर्न चाहन्छौं। चाहे उनीहरू इरिट्रियाका होउन् या सुडानका’, राष्ट्रपतिले टेलिभिजन कार्यक्रममा भनेका थिए।

धेरै इरीट्रियालीको जीवन अत्यन्त कठिन र नाजुक छ। उनीहरू घर फर्कन चाहँदैनन्। उनीहरू आफ्नै दूतावाससँग सम्पर्कमा जान पनि चाहँदैनन्। 

गत महिना मात्र ६० हजार थप मानिस त्यहाँ भित्रिएपछि दक्षिणी सुडानको अवस्था त भन्नै नसकिने छ। पालायच विमानस्थलमै पनि दक्षिण सुडान जान चाहनेको सङ्ख्या छ। त्यसै मध्येकी एक महिला ५ साना बच्चाका साथ ५ दिनदेखि त्यही छिन्। एक दिनअघि उनले टिकट त पाएकी थिइन्। तर, उनी त्यहाँबाट जान पाइनन्। थाहा छैन कत्ति दिन अल्झने हुन्। सुडान, इरिट्रिया र दक्षिणी सुडानको सेरोफेरोका धेरै दुःखका कथा मध्य यो नै एउटा हो। अरू यस्तै थुप्रै कथा त्यही हराएका छन्। स्रोतः बीबीसी