सांकेतिक तस्बिर

देश/प्रदेश

आगलागीबाट १५ लाख बराबरको धनमाल जलेर नष्ट

By खबरहब

May 23, 2023

दोलखा– दोलखामा आगलागीबाट १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कालिन्चोक गाउँपालिका ८ सुनखानी बस्ने ७५ वर्षीय बुद्धि प्रसाद शिवाकोटीको घरमा करेन्ट सर्टभई सोमबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।