ब्रेकिङ स्टोरी

कूटनीतिक माध्यममार्फत सीमा समस्या समाधान गरिने

By खबरहब

May 23, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कूटनीति माध्यममार्फत सीमा विवाद समाधान गरिने बताएका छन् । 

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सीमा समस्या ऐतिहासिक सन्धि, नक्सा र तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्ने जानकारी दिए । 

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको जानकारी दिँदै उनले थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धि नक्सा तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाए ।