सांकेतिक तस्बिर

देश/प्रदेश

छ जना मृत अवस्थामा फेला

By खबरहब

May 23, 2023

काठमाडौँ– देशका विभिन्न स्थानमा छ जना मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको सल्ले भुम्लु गाउँपालिका-१० बरकोटस्थित सुनकोशी नदीको किनारमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका ६ बस्ने ७५ वर्षीया इन्द्र कुमारी थापा मगर मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी, बर्दियाकाे राजापुर नगरपालिका-१ टिउनीस्थित भदाली नालामा हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुष र सोही नगरपालिका-१ मुर्गहवा घाटस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, बागलुङकाे बागलुङ नगरपालिका-१३ कालाखोलास्थित कालीगण्डकी नदीको किनारमा पर्वत जलजला गाउँपालिका घर भएकी ३६ वर्षीया पार्वती परियार मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी, कुमायक गाउँपालिका-४ तिङदेन  बस्ने ५२ वर्षीय लेखनाथ खनाल आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, बाँकेकाे बैजनाथ गाउँपालिका-८ पिपरी बस्ने ६८ वर्षीय शिव बहादुर खत्री सोही ठाउँस्थित जेठीनाला पुलको मुनी किनारामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।