प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

बझाङको नदी किनारमा बालिकाको शव फेला

By खबरहब

May 23, 2023

काठमाडौँ- बझाङको नदी किनारमा एक बालिकाको शव फेला परेको छ । छविसपाथिभेरा गाउँपालिका वडा नम्बर–१ जालेबगर स्थित सोमबार सेती नदी किनारमा बालिकाको शव फेला परेको हो ।

अन्दाजी ४/५ वर्षीया बालिकाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पोष्टमार्टमको लागि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले छ ।