फाइल फोटो

देश/प्रदेश

बाघको आक्रमणबाट बारामा एक महिला गम्भीर घाइते

By खबरहब

May 23, 2023

सिमरा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१४ स्थित खयरघारीमा बाघले आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेको प्रहरीको भनाइ छ ।

बाघले आक्रमण गर्दा उनको अनुहार, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

स्थानीय कपिल खरेलका अनुसार महिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो ।