अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बाढीको वितण्डा : चार जनाको मृत्यु

By खबरहब

May 23, 2023

एजेन्सी – अफगानिस्तानमा बाढीका कारण चार जनाको मृत्यु भएको छ । पश्चिमी घोर प्रान्तमा मङ्गलबार आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता मौलावी अब्दुल वाहिद हमासले बताएका छन् ।

भारी वर्षाले प्रान्तीय राजधानी फिरोज कोह बाहिर मङ्गलबार बिहान अचानक बाढी आयो । मदरसा गाउँमा तीन महिलासहित चार जनाको ज्यान गएको छ र प्रभावित क्षेत्रमा सर्वेक्षण जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि उनले बताए । बाढीले थुप्रै घरहरू पनि बगाएको छ ।

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा अगिल्लो हप्ता पनि यस्तै बाढीले चार जनाको ज्यान लिएको र २५ जना घाइते बनाएको थियो । युद्धग्रस्त अफगानिस्तानमा विशेष गरी ग्रामीण इलाकाहरूमा आवासीय घरहरू प्रायः माटोले बनेका हुन्छन् त्यसैले त्यस्ता संरचना प्राकृतिक प्रकोपको जोखिममा हुन्छन् र वर्षा र बाढीमा सजिलै डुब्ने गर्छन् ।