आर्थिक

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

By खबरहब

July 23, 2023

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–०८१ को मौद्रिक नीति आज ल्याउने भएको छ । आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।

यसका लागि अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी रहेको छ ।

यसपटक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने गरि नीति ल्याइने राष्ट्र बैंकले जनाएको छ ।

गत बिहीबारको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने जनाएका थिए ।

यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीति ल्याउनुपर्नेमा पर्नेमा जोड दिँदै आएका छन् ।