फाइल तस्वीर

आर्थिक

राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने

By खबरहब

July 23, 2023

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैंकले दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ ।

आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप बिस्तारमा सहयोग पुर्‍याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।