ब्रेकिङ स्टोरी

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआन काठमाडौंमा

By खबरहब

July 23, 2023

काठमाडौँ— चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । 

 दक्षिण एसियाका मुलुकहरूको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर तीन दिने नेपाल भ्रमण क्रममा आइतबार काठमाडौं आइपुगेका हुन्। ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च स्तरीय टोलीलाई त्रिभुवन बिमानस्थलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगाएतले स्वागत गरेका थिए ।

 युआन चीनको चर्चित, ठूलो र शक्तिशाली सहरहरु मध्येको एक छोङछिङ सहरको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका छन् । युआन छोङछिङ नगर कमिटीमा सीपीसीका सचिव हुन् । नेपालमा रहँदासम्म उनले नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

युआनले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई साउन ७ मा भेट्ने कार्यक्रम रहे पनि दाहाल इटाली  प्रस्थान गरिसकेकाले अब भेटवार्ता नहुने भएको छ ।