ब्रेकिङ स्टोरी

लघुवित्तविरुद्ध काठमाडौंमा प्रदर्शन

By खबरहब

July 23, 2023

काठमाडौँ– लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै पीडितहरूले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । 

लघुवित्त वित्तीय संस्थाहरूले गरिब जनताहरूलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा काठमाडौंको माइतिघरदेखि भद्रकालीसम्म विरोध र्याली सहितको प्रदर्शन गरेका हुन् ।

उनीहरूले नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दे निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

आफूहरूको मागप्रति राज्य गम्भीर नभएका कारण राजधानी केन्द्रित आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।