देश/प्रदेश

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

By खबरहब

July 23, 2023

काठमाडौँ- ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको अनुसन्धानबाट खुलेका कारण पक्राउ गरिएको हो ।

ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए ।