राजनीति

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

By खबरहब

August 23, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

हिजोदेखी सुरू भएको केन्द्रीय समिति बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सो प्रतिवेदनमाथि फरक मत राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए ।

आजको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक बिहान ८ बजे देखी सुरु हुनेछ ।