फाइल तस्वीर

राजनीति

राजनीतिक दबाबका कारण भ्रष्टाचारविरुद्धको कारबाही फितलो हुने नागरिक समाजका अगुवाहरुको आशंका

By खबरहब

August 23, 2023

काठमाडौँ- नागरिक समाजका अगुवाहरुले भ्रष्टाचारविरुद्धको कारबाही फितलो हुने आशंका व्यक्त गरेका छन् ।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै नागरिक साजको अगुवाहरुले राजनीतिक दबाब, गठबन्धनको स्वार्थ र सत्तामोहका कारण भ्रष्टाचारविरुद्धको कारबाही फितलो हुने आशंका जनाएका हुन् ।

पिताम्बर शर्मा, श्याम श्रेष्ठ, निनु चापागाई, सारा देवकोटा, प्रदीप बम्जन, दीपेन्द्रबहादुर क्षेत्री, महेश मास्केसहित १७ अगुवाहरुले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचारविरुद्धको अभियान अन्तिम टुंगोमा पुगोस् र सबै दोषीलाई सजाय होस् भन्ने जनताले चाहेको भएपनि राजनीतिक दबाबका कारण यस अभियानले सफलता पाउनेमा सन्देह रहेको उल्लेख छ ।