फाइल तस्वीर

ब्रेकिङ स्टोरी

सरकारकै डिजाइनमा सुनको धन्दा भइरहेको छ : एमाले महासचिव पोखरेल

By खबरहब

August 23, 2023

वीरेन्द्रनगर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारकै डिजाइनमा सुनको धन्दा भइरहेको आरोप लगाएका छन् । सुर्खेतमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले सरकारले नै सुनको धन्दा चलाइरहेको आरोप लगाएका हुन् ।

सरकारकै डिजाइनमा यस्ता प्रकरण भएको आरोप लगाउँदै उनले त्यही भएर आफ्नो पार्टीले संसद अवरुद्ध पारेको जिकिर गरे ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दापनि अमेरिकी दबाबका कारण अघि बढेको टिप्पणी गरे ।