फाइल तस्वीर

ब्रेकिङ स्टोरी

आज पनि सर्वदलीय बैठक बस्दै

By खबरहब

August 23, 2023

काठमाडौँ- संसदमा जारी गतिरोध अन्त्यका विषयमा छलफल गर्न आज पनि सर्वदलीय बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक डाकिएको छ ।

प्रमुख दलहरूबीच सहमति जुट्न नसकेका कारण संसद बारम्बार अवरुद्ध हुँदै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै नेकपा एमालेले सदनमा लगातार अवरोध गर्दै आएको छ ।