राजनीति

पर्यटनमन्त्री किरातीका पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ललितपुरमा

By खबरहब

August 23, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पितालाई श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन् ।

मन्त्री किरातीका पिता हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन् ।

मन्त्री किरातीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो ।