फाइल तस्वीर

क्रिकेट

महिला टि–ट्वान्टी क्रिकेट : आज नेपालले कुवेतको सामना गर्दै

By खबरहब

August 23, 2023

काठमाडौँ- मलेसियामा जारी महिला टि ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले कुवेतको सामना गर्दैछ ।

चार देश सम्मिलित सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार दिउँसो ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले मंगलबार हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।