देश/प्रदेश

धादिङमा यात्रुवाहक बस दुर्घटना

By खबरहब

August 23, 2023

काठमाडौँ- धादिङमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । धादिङको छहरा भन्ने स्थानमा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेको हो ।

काठमाडौँबाट जाँदै गरेको बस दुर्घटनामा परेको हो । हाल प्रहरी टोलीले घटनास्थलमा उद्धारको काम गरिरहेको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा भएको मानवीय क्षतिबारे कुनै विवरण आइसकेको छैन ।