देश/प्रदेश

त्रिशूली नदीमा बस खस्यो : १५ घाइतेको उद्धार

By खबरहब

August 23, 2023

काठमाडौँ- काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको छ । उद्धार जारी छ ।