राजनीति

अमेरिकी राजदूत थम्पसन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

By खबरहब

August 23, 2023

काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

राजदूत थम्पसन सभापति लामिछानेलाई भेट्न रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेका थिए ।

भेटवार्ताका क्रममा रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्य एवम् पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, पार्टीकी केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता थियो ।

रास्वपाले सामाजिक सञ्जालमार्फत् भेटवार्ताबारे जानकारी दिएको हो । भेटवार्ताका क्रममा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ ।

भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसासम्बन्धी समस्याबारे पनि चर्चा भएको थियो । यस समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदूतावसको उच्च प्राथमिकतामा रहेको राजदूत थम्पसनले जानकारी दिएका थिए ।