क्रिकेट

एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र अफगानिस्तान खेल्दै

By खबरहब

October 23, 2023

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । 

जारी विश्वकपमा दुवै टोलीले आज पाँचौँ खेल खेल्न लागेका हुन् । जसमा पाकिस्तानले चारमध्ये दुई जित र दुईमा हार बेहोरेको छ भने अफगानिस्तानले चारमध्ये तीनमा हार र एउटामा जित निकालेको छ । 

दुई टोलीबीच हालसम्म कूल ७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा पाकिस्तानले सबै खेल जितेको छ । एकदिवसीय विश्वकपमा पनि पाकिस्तानको अग्रता छ । प्रतियोगितामा यी दुईबीच १ खेल भएको थियो । त्यो खेल पनि पाकिस्तानले जितेको थियो ।