अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति निर्वाचनः फेरि ट्रम्प र वाइडेनकै भिडन्त

By मनोज घिमिरे

November 23, 2023

महाशक्ति अमेरिकाको राष्ट्रपतीय निर्वाचन पक्कै पनि चासोको विषय हो। चार वर्षको अन्तरालमा हुने यस निर्वाचनमा आसन्न संस्करणमा पनि जो वाइडेन र डोनाल्ड ट्रम्प कै बिचमा हुने अनुमान गरिएको छ। त्यसो त रिपब्लिक र डेमोक्र्याट मात्र होइन विभिन्न थर्ड पार्टीका नेताहरूले राष्ट्रपति पदमा चासो देखाए पनि अहिलेसम्मको सर्वेक्षणले वाइडेन र ट्रम्प आफ्नो दलमा लोकप्रिय ठहरिएका छन्। अन्य दलको उम्मेदवार राष्ट्रपति हुने सम्भावना नगण्य छ।

७७ वर्षीय ट्रम्प अहिले रिपब्लिकका माझमा लोकप्रिय व्यक्ति मानिन्छन्। आप्रवासी र चीनसँगको व्यापार सम्बन्धमा अनुदार ठहरिएका ट्रम्प विगतमा उनको विरुद्धमा रहेकाहरूसँग पनि उत्तिकै कठोर मानिन्छन्। ८ देखि १४ सेप्टेम्बरको बिचमा गरिएको एउटा सर्वेक्षणमा उनको पक्षमा ५१ प्रतिशत रिपब्लिक रहेका थिए।

गत मेदेखि सामाजिक सञ्जालको सही उपयोगका कारण ट्रम्पको विकल्पको रूपमा देखिएका रोन डेसान्टीस पछिल्लो समय रणनीतिक रूपमा असफल हुँदै गएका छन्। उनका दाता तथा आर्थिक सहयोगी हातसमेत सही रणनीति अभावका कारण उनलाई साथ दिन हिचकिचाउन थालेका छन्।

७७ वर्षीय ट्रम्प अहिले रिपब्लिकका माझमा लोकप्रिय व्यक्ति मानिन्छन्। आप्रवासी र चीनसँगको व्यापार सम्बन्धमा अनुदार ठहरिएका ट्रम्प विगतमा उनको विरुद्धमा रहेकाहरूसँग पनि उत्तिकै कठोर मानिन्छन्।

४५ वर्षीय डेसान्टीसले गत मे यता विभिन्न चरणमा चुनावी नीति परिवर्तन गरिसकेका छन्। तथापि उनी सर्वेक्षणमा ट्रम्प भन्दा ४० अङ्कपछि देखिएका छन्। जनवरीमा उम्मेदवारी छलफल भएको लोवामा ट्रम्पको प्रभाव घटाउन उनले धेरै शक्ति लगाएका छन्।

भारतीय आप्रवासीकी छोरी ५१ वर्षीया निकी हिली साउथ कोरलीानको पूर्व गभर्नर हुन् भने संयुक्त राष्ट्र सङ्घमा ट्रम्पको दूतको रूपमा पनि काम गरेकी थिइन्।

दाता र समर्थकबाट बलियो साथ पाएकी उनले धेरै पटक महत्त्वपूर्ण राज्यको दावेदारी बहसमा डेसान्टीसलाई पछि पारेकी थिइन्। उनी पनि युक्रेन र इजरायललाई गरिने सहयोगको निरन्तरताको पक्षधर हुन्। तथापि रिपब्लिकको माझमा उनको मत भार दोहोरो अङ्कमा पनि नभएको जनाइन्छ।

३८ वर्षीया सामाजिक अभियन्ता विवेक रामाश्वामी ट्रम्पका समर्थक हुन्। उनले आफू निर्वाचित भएमा ट्रम्पले सारेका नीति तथा योजनालाई अघि बढाउने बताएका छन्।

रिपब्लिकको भन्दा फरक अवस्था डेमोक्र्याटको छ। वर्तमान राष्ट्रपति जो वाइडेन ८१ वर्षका भए। अहिलेको उनको उमेर अमेरिकी इतिहासमै जेठो राष्ट्रपतिको कीर्तिमान कायम गर्न पर्याप्त छ। उनको उमेर नै एउटा चुनौती हो।

सन् २०२२ मा उनले वातावरण संरक्षण तथा सामाजिक सहकारी मूलक गतिविधिका कम्पनी स्थापना गरेका थिए। यावत प्रयासका बाबजुद तल्लो तहमा समर्थन बढाउन उनी सफल भएका छैनन्। ६१ वर्षीय कृश क्रस्टी ट्रम्पका समर्थक थिए। तथापि २०२१ को ६ जनवरीको आक्रमणपछि उनी ट्रम्पका विरोधी भएका हुन्।

अरान्कासका पूर्व गभर्नर ७२ वर्षीय असा हचिन्सनले गत अप्रिलमा ट्रम्पलाई पछि हट्न अनुरोध गर्दै आफ्नो दाबी प्रस्तुत गरेका हुन्। करको दायरामा कमी तथा रोजगारीको अवसर सिर्जना उनले मुख्य मुद्दा बनाएका छन्। सबै भन्दा परम्परावादी व्यक्तिको बाहुल्यता रहेको राज्यमा विगतमा प्राप्त अनुभव उनका लागि उपयोगी हुने बताएका छन्।

अरान्कासका पूर्व गभर्नर ७२ वर्षीय असा हचिन्सनले गत अप्रिलमा ट्रम्पलाई पछि हट्न अनुरोध गर्दै आफ्नो दाबी प्रस्तुत गरेका हुन्। करको दायरामा कमी तथा रोजगारीको अवसर सिर्जना उनले मुख्य मुद्दा बनाएका छन्।

सन् २००१ मा आफ्नो सफ्टवेयर व्यवसाय माइक्रोसफ्टलाई बेचेपछि नर्थ डाकोटाको गभर्नरको रूपमा दोस्रो कार्यकाल सम्हाली रहेका ६७ वर्षीय डग बर्गम पनि राष्ट्रपतिमा दाबेदार देखिएका छन्। उनले अर्थतन्त्र र राष्ट्रिय सुरक्षालाई मुख्य मुद्दा बनाएका छन्। पछिल्लो सर्वेक्षणमा उनले शून्य मत पाएका थिए।

रिपब्लिकको भन्दा फरक अवस्था डेमोक्र्याटको छ। वर्तमान राष्ट्रपति जो वाइडेन ८१ वर्षका भए। अहिलेको उनको उमेर अमेरिकी इतिहासमै जेठो राष्ट्रपतिको कीर्तिमान कायम गर्न पर्याप्त छ। उनको उमेर नै एउटा चुनौती हो। तर, वाइडेनको टोली यस समयमा ट्रम्पलाई हराउन उनको विकल्प नभएको बताउँछन्।

आफ्नो उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै वाइडेनले अमेरिकामा प्रजातन्त्रको रक्षा गर्न तथा जनवरी ६ को घटनालाई स्वीकृत नगर्न आफ्नो उम्मेदवारी रहेको बताउँछन्। ५९ वर्षीया उपराष्ट्रपति कमला ह्यारिसले पनि फेरि त्यही पदमा दोहरिने इच्छा व्यक्त गरिसकेकी छिन्।

सन् २००१ मा आफ्नो सफ्टवेयर व्यवसाय माइक्रोसफ्टलाई बेचेपछि नर्थ डाकोटाको गभर्नरको रूपमा दोस्रो कार्यकाल सम्हाली रहेका ६७ वर्षीय डग बर्गम पनि राष्ट्रपतिमा दाबेदार देखिएका छन्।

अहिलेको कठिन परिस्थितिका बाबजुद अपेक्षाकृत आर्थिक विकास भइरहेको छ। केही नकारात्मक पाटा पनि यस बिचमा छन्। मुद्रास्फीति सन् २०२२ मा ४० वर्षमै उच्च बिन्दुमा पुगेको थियो। खाद्यान्नको मूल्य बढ्दा अमेरिकामा समस्या थपिएको थियो। रुसको आक्रमणपछि वाइडेनले युक्रेनलाई सहयोग गरेका थिए।

रिपब्लिकको प्रभाव रहेको संसद्ले थप सहयोगलाई अनुमोदन गरेपछि उनको सामु थप चुनौती थपिएको छ। हमासविरुद्धको युद्धमा वाइडेनले इजरायललाई सहयोग गरेका छन्। अहिले उनकै दलबाट युद्ध विरामको आवाज पनि उठ्न थालेपछि उनलाई केही अप्ठेरो भने भएको छ।

औद्योगिक क्षेत्रमा थुप्रै महत्त्वपूर्ण प्याकेज अगाडि ल्याएपछि अहिले धेरै समस्या हटेको छ। यस कारण मतदाताको आकर्षण पनि कुनै क्षेत्रमा बढ्न थालेको छ।अमेरिका र मेक्सिकोको सीमाबाट धेरै आप्रवासी भित्र छिर्न थालेका छन्। यस कारण रिपब्लिकले उनको आप्रवासी नीतिको कडा आलोचना गरिरहेका छन्।

७१ वर्षीय मारिएन विलिम्सनले न्याय र प्रेमको मुद्दा उठाउँदै अर्को पटक सोही पदमा दाबेदार प्रस्तुत गरेकी छन्। सन् २०२० मा उनले डेमोक्र्याट पार्टीमा दाबी प्रस्तुत गरेका थिए। तथापि उनी कुनै मतदान हुनु अगावै पहिलो चरणबाट नै पछि हटेकी थिइन्। मार्च २३ यता उनले आफ्नो अभियान सुरु गरेकी छिन्।

मिनोस्टाका कांग्रेस सदस्य डियन फिलिप्सले वाइडेनले अर्को कार्यकाल सम्हाल्न नसक्ने भन्दै अक्टोबर महिनामा उम्मेदवारी घोषणा गरेका थिए। ५४ वर्षीय मिलिनिचर उनले एक मिनेट लामो भिडियोमा अमेरिका र अर्थतन्त्रलाई सुधार गर्न उम्मेदवारी दिने बताएका हुन्।

रिपब्लिक र डेमोक्र्याट बाहेकका अन्य दाबेदार नभएका होइनन्। कोभिड भ्याक्सिनको विरुद्धमा अभियान चलाएका ६९ बर्सिया रोबर्ट एफ केनेडी जुनियर पनि आफू राष्ट्रपतिका लागि लायक ठान्दै दाबी गरेका छन्। सन् १९६८ मा राष्ट्रपतिको प्रचार गरी रहेको समयमा हत्या गरिएका अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा हुन्। कोभिड भ्याक्सिनको बारे अफवाह फैलाएको भन्दै उनको इन्सटाग्राम प्रतिबन्धित पनि भएको थियो।

मिनोस्टाका कांग्रेस सदस्य डियन फिलिप्सले वाइडेनले अर्को कार्यकाल सम्हाल्न नसक्ने भन्दै अक्टोबर महिनामा उम्मेदवारी घोषणा गरेका थिए। ५४ वर्षीय मिलिनिचर उनले एक मिनेट लामो भिडियोमा अमेरिका र अर्थतन्त्रलाई सुधार गर्न उम्मेदवारी दिने बताएका हुन्।

दार्शनिक तथा राजनीतिक अभियन्ता कोर्नेल वेस्टले पनि डेमोक्र्याट र रिपब्लिकका उम्मेदवार भन्दा आफू लायक भन्दै दाबी गरेका छन्। सुरुमा ग्रिन पार्टीमा रहेका उनले पछिल्लो समय सो दल पनि त्यागेका हुन्। उनले गरिबी अन्त्यको मुद्दा अघि सारेका छन्। फिजिसियन जिल स्टेनले युवाका लागि काम गर्ने र जलवायुको मुद्दालाई प्राथमिकता दिने भन्दै दाबी गरेका छन्।

७३ वर्षीय उनले सन् २०१६ मा ट्रम्पले अप्रत्याशित जित हात पारेपछि फेरि गणनाको माग गर्दा १० औं लाख डलर उठाएका थिए। विशाल अमेरिकामा यस्ता धेरै दाबेदार र आफूलाई योग्य ठान्ने उम्मेदवार हुन सक्छन्। यी दाबेदार मूल रूपमा सामाजिक सुरक्षा र औषधि उपचार, शिक्षा, वैदेशिक नीति, आप्रवासी नीति, एलजीबीटीक्यू र अपराध निवारणको मुद्दा उठ्ने छन्। यी नै मुद्दामा ट्रम्प र वाइडेन नै फेरि भिड्ने सम्भावना प्रबल छ। स्रोतः रोयटर्स, द हिल