सांकेतिक तस्बिर

देश/प्रदेश

धनकुटामा एकै परिवारका तीनजना मृत फेला

By खबरहब

November 23, 2023

काठमाडौँ– धनकुटामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका नुनढाकी स्थायी घर भई हाल धनकुटा–१ निगालेमा बस्दै आएका  टिकाराम गुरुङसहित उनकी श्रीमती र छोरा मृत अवस्था भेटिएका हुन् ।

गुरुङ झुण्डिएको र ३६ वर्षीया श्रीमती भीमा र १० वर्षीय छोरा आयुष हत्या गरिएको अवस्थामा फेला परेका हुन् ।

स्थानीय मानिकलाल श्रेष्ठको खाली घरमा बसी ज्याला मजदुर गर्दै आएका गुरुङले मादक पदार्थ सेवनको कारण घरायसी विवाद हुँदा मृतक गुरुङले घटना घटाएको हुन सक्ने प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले घटनाको अनुसन्धान भइरहेको बताए । उनले श्रीमतीसहित र छोराको हत्या गरी गुरुङले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको बताए ।