ब्रेकिङ स्टोरी

ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

By खबरहब

November 23, 2023

काठमाडौँ– सरकारले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले घिमिरेकाे राजीनामा स्वीकृत गरेको हो ।

यस्तै, बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्साई आफ्नो पदबाट दिएको राजीनामा गत कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ ।

उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।