आर्थिक

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त

By खबरहब

November 23, 2023

काठमाडौँ– माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । 

बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको ४९१ औ संचालक समितिको बैंठकले के.सीलाई नया अध्यक्षमा नियुक्त गरेको हो ।

के.सी. विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध थिए । साथै उनी एक सफल युवाव्यवसायीको रुपमा संस्थापित भई हाइड्रो ,कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहँदै आएका छन् ।