देश/प्रदेश

बल्खुमा जामर प्रविधि प्रयोग, मोबाइल नेटवर्क विच्छेद

By खबरहब

November 23, 2023

काठमाडौँ– उपत्यका प्रहरी कार्यालयले बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ । दुर्गा प्रसाईं समूहले आयोजना गरेको प्रदर्शनस्थल बल्खुमा प्रहरीले जामर प्रयोग गरेको हो ।

जामर प्रविधिले मोबाइल नेटवर्क निष्क्रिय बनाउनुका साथै सम्पर्क विच्छेद गराउँछ । यस्तै, तीनकुनेस्थित युवा संघको प्रदर्शन स्थलमा पनि जामर भेहिकल प्रयोग गरिएको छ ।