ब्रेकिङ स्टोरी

बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन (तस्वीरहरू)

By खबरहब

November 23, 2023

काठमाडौँ–  व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ अभियानले काठमाडौँको बल्खुमा प्रदर्शन गरेको छ ।

काठमाडौँका विभिन्न ठाउँबाट निस्किएको र्‍याली बल्खु पुगेर सभामा परिणत भएको छ । प्रदर्शनका क्रममा सो क्षेत्रमा महाअभियान र युवासंघका समर्थकबीच झडप समेत भएको थियो ।

बल्खुमा भेला भएका प्रदर्शनकारीहरू माइतीघर जानका लागि कालीमाटीतर्फ प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको छ ।