ब्रेकिङ स्टोरी

प्रसाईंको हावा खुस्कियो, अब प्रधानमन्त्री नसच्चिए सडकमा ल्याउँछौ : महेश बस्नेत

By खबरहब

November 23, 2023

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुसँग निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् ।

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै उनले आज दुर्गा प्रसाईंको हावा खुस्किएको टिप्पणी गरे ।

युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईंले आज बल्खुमा दुई तीन सयभन्दा मान्छे उतार्न नसकेको उनको टिप्पणी छ ।

अब प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आफू नसच्चिए सिंहदबारको कुर्सीबाट सडकमा ल्याएर पछार्ने उनको तर्क छ ।

केपी ओलीको नेतृत्वमा मध्य पहाडि लोकमार्ग केन्द्रित अभियान सकाएपछि जनप्रदर्शनको कार्यक्रमलाई सात प्रदेशमा विस्तार गर्ने भन्दै उनले आउँदो फागुनमा काठमाडौंमा मानवसागर उतार्ने चेतावनी दिए ।