देश/प्रदेश

नेपाली राजदूत अधिकारी र पाकिस्तानी विदेशमन्त्री जिलानबीच भेट

By खबरहब

November 23, 2023

काठमाडौं – पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले आज पाकिस्तानका विदेशमन्त्री जलिल अब्बास जिलानीसँग इस्लामाबादस्थित विदेश मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको नेपाली राजदूताबासले जनाएको छ । दुई देशबीचको ब्यापार र पर्यटन तथा विभिन्न माध्यम मार्फत नेपाल र पाकिस्तानबीच आर्थिक सहयोग अभिवृद्धी गर्ने विषयमा पनि छलफल भएको थियो ।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) र राष्ट्रसङ्घीय सम्मेलनको कोप २८ मा उठाउन गर्ने विषयका बारेमा पनि छलफल भएको बताइएको छ । भेटमा पाकिस्तानको परराष्ट्र मन्त्रालय र नेपाली राजदूताबासका वरिष्ठ अधिकारीको उपस्थिती रहेको थियो ।