काठमाडौँ– बलिउड नायिका भाग्यश्रीले पहिलो फिल्म ‘मैंने प्यार किया’को पोस्टर सुटको बेला पाँच महिनाको गर्भवती भएको किस्साबारे खुलासा गरेकी छिन् । फिल्म प्रदर्शनमा आएको ३४ वर्षपछि उनले सो घटनाबारे बोलेकी हुन् ।
भाग्यश्रीले सुरज बर्जात्याको फिल्म ‘मैंने प्यार किया’बाट अभिनयमा डेब्यु गरेकी हुन् । जुन फिल्मको नायक सलमान खान थिए । यही फिल्मबाट दुवै जना ‘स्टार’ बनेका हुन् । आज पनि भाग्यश्रीको नाम आउँदा यही फिल्मको सम्झना गरिन्छ ।
वास्तवमा भाग्यश्री फिल्मको दौरानमा हिमालय दसानीसँगको प्रेममा थिइन् । फिल्म प्रदर्शनमा आएपछि उनीहरूले विवाह गरेका थिए ।
सुपरहिट डेब्युले कारण भाग्यश्रीलाई फिल्म अफरको लर्को लागेको थियो तर उनले गरिनन् । यस मौकाको सदुपयोग नगरी उनले विवाहको निर्णय गरिन् । भर्खरै अभिनयमा लाग्दै गरेकी नायिकाले नयाँ अफर अस्वीकार गरेर घरजम गर्ने निर्णयले धेरै आश्चर्यमा परेका थिए ।
सलमानको टिप्पणी भाग्यश्री विवाहअघि नै गर्भवती भएको कुरा विभिन्न मिडियाले दाबी गर्दै आएका छन् । उनले यसबारेमा मुख खोलेकी छैनन् तर फिल्मको पोस्टर सुटमा भने आफू पाँच महिनाको गर्भवती भएको स्वीकार गरेकी छिन् ।
यद्यपि भाग्यश्रीले फिल्म प्रदर्शनमा आएपछि मात्रै विवाह गरेकी हुन् तर उनले ‘पोस्टरका लागि फोटो सुटमै गर्भवती थिएँ’ भनेर दिएको अभिव्यक्ति भने विरोधाभास देखिन्छ ।
उनले एक अन्तर्वार्तामा भनेकी छिन्– ‘चर्चित फोटोग्राफर गौतम राजदक्ष्यले फिल्मको पोस्टरका लागि फोटो खिचेका थिए । त्यस बेला म पाँच महिनाको गर्भवती थिएँ ।’
यद्यपि फिल्म प्रदर्शनपछि पनि फोटो सुट भएको हुनसक्ने तथ्यलाई भने नकार्न सकिँदैन ।
उनले पाँच महिनाको गर्व रहेको कुरा कसैलाई पनि जानकारी नदिएको समेत बताएकी छिन् । उनी थप्छिन्– सलमानले मेरो ज्यान ठूलो देखेर ‘बिहेपछि तिमी मोटी भयौँ’ भनेका थिए ।
दुई बच्चाको आमा बनेर फिल्ममा सुपरहिट डेब्युकाे अवसरलाई पारिवारिक कारण देखाएर अभिनयबाट टाढा रहेकी भाग्यश्री दुई बच्चालाई जन्म दिएर मात्रै अभिनयमा फर्किएकी हुन् ।
सन्तान जन्माउन आफ्नो अभिनयको कामलाई आफूले विश्राम दिने निर्णय गरेको उनले सोही अन्तर्वार्तामा खुलाएकी छिन् ।
बच्चाको भविष्यका लागि विशेष गरी बाल्यकालमा आमासँगै रहनुपर्ने भएकाले आफूले सो निर्णय लिएको उनको दाबी छ । उनी थप्छिन्, ‘यो कुरा महत्त्वपूर्ण छ ।’
उनको पहिलो सन्तान छोरा र दोस्रो सन्तान छोरी हुन् ।
दोस्रो सन्तानलाई जन्म दिएपछि उनी तेलगु भाषाको फिल्ममार्फत् अभिनयमा फर्किइन् ।