साहित्य

तमासा

By खबरहब

December 23, 2023

एउटा रोटी दिएर हजार फोटो खिचाउने रे च्यातिएको धोती दिएर इज्जत कमाउने रे कति महान सोच छ इज्जत गुमाउनेहरूको गरिबको इज्जत चाहिँ दुनियाँलाई देखाउने रे

नेताको भोट पनि त्यही फोटोले ल्याउने रे पत्रकारको भ्यूज पनि त्यहीबाट बढाउने रे ठूलो व्यवसाय गरेका छन् गरिब माथि फोटो खिच्दै खिच्दै लासलाई कात्रो ओढाउने रे

वर्षौँदेखि आधा खाएको पेटलाई, टन्न खुवाउने रे एकदिन अघाएर, भोलिदेखि आधा पेटमै रुवाउने रे अझै तमासा छ, धमास छ, ढर्रा पनि छ उनीहरूकै एउटाले हुँदैन, दिँदै गर्दाको तस्वीर चाहिँ सुहाउने रे

वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेत