ब्रेकिङ स्टोरी

अङ्गदानका निम्ति सबैलाई प्रोत्साहित गरौँ : प्रधानमन्त्री

By खबरहब

December 23, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपील गरेका छन् ।

आज बिहान काठमाडौँमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले मस्तिष्क मृत्युपछि अंगदानका निम्ति सबैलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

उनले मरेपछि  खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउने बताए । उनले मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

मस्तिष्क मृत्युपछि अंगदान गर्नेसम्बन्धी विषयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको प्रयास सराहनीय रहेको उल्लेख गर्दै उनले आफूले पनि अंगदानको घोषणा गरिसकेको बताए ।